काठमाडौँ । थुनछेक बहसको क्रममा काठमाडौँ जिल्ला अदालतको इजलासमा उपस्थित रवि लामिछानेलाई पत्नी निकिताले टीका लगाइदिएकी छन् । आजबाट माघ स्नान एवम् स्वस्थानी व्रत आरम्भको रातो टीका पत्नी निकिता पौडेलले रविलाई लगाइदिएकी हुन् ।
काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री लामिछानेको थुनछेक बहस जारी छ ।न्यायाधीश माधवप्रसाद अधिकारीले सरकारी वकिललाई दुई घण्टा समय उपलब्ध गराएका थिए । तर उनीहरूले दुई घण्टाभन्दा बढी समय माग गरेका छन् ।
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा कास्कीबाट ६५ लाख धरौटी बुझाएर गत बिहीबार रिहा भएका लामिछाने आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए ।
तर आइतबार थुनछेक बहस नसकिएपछि उनलाई न्यायिक हिरासतमा लगिएको थियो । आज बिहान अदालत खुलेपछि उनलाई प्रहरीले इजलासमा उपस्थित गराएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ पुस २०८१, १२ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निकिताको सम्पत्ति जफत गर्न माग गर्दै मुद्दा दायर