‘गुफामा फसेका थाइल्याण्डका बच्चा निकाल्न ‘सीमित समय’ वाँकी’

एजेन्सी

शनिबार, २३ असार २०७५, १३ : ३६
‘गुफामा फसेका थाइल्याण्डका बच्चा निकाल्न ‘सीमित समय’ वाँकी’

एजेन्सी । थाइल्याण्डको उत्तरी प्रान्त चियाङराई गुफामा दुई सातादेखि फसेका १२ बच्चा र उनका कोचलाई निकाल्नका लागि बचाउ दलसँग सीमित समय बचेको छ । बचाउ दलका प्रमुखले शनिवार राती मिडिसाँग कुरा गर्दै भारी बर्षा अगाडि यो काम सक्नुपर्ने भन्दै समय सीमित भएको बताएका छन् ।

बचाउ अभियानका प्रमुख चियाङ राईका पूर्व गर्वनर नारोङगसिक ओसातानाकोर्नले मध्यराती मिडियालाई सम्बोधन गर्दै भने , ‘सवैभन्दा महत्वपूर्ण विन्दु यो हो कि बर्षा कहिले हुन्छ केही थाहा छैन् । त्यसैले हामीसँग सीमित समय छ ।’
उनले आफुहरु कम खतरामा काम गर्न चाहेको बताए । गुफाभित्र अक्सीजन स्तर घटदै जानु ठूलो चिन्ताको विषय भएको छ ।

शुक्रवार बचाउ अभियानका बेला थाइल्याण्डका एक गोताखोरको मृत्यु भएपछि अभियान दलका प्रमुखको यस्तो चेतावनी आएको हो ।
बचाउ अभियानमा जुटेका थाइल्याण्डको नौसेना, सेना, प्रहरी र स्यमसेवक गुफामा भरिएको पानी निकाल्नमा व्यस्त छन् । गुफामा फसेका फुटवल टीमका सदस्य बच्चाको उमेर ११ देखि १६ बर्षको बीचमा छ ।
उनीहरु सवै पौडिन जान्दैनन् । अहिले उनीहरुलाई गुफाभित्रबाट बाहिर निकाल्ने गरी पौडिन सिकाइएको छ ।

बचाउ दलसँग गुफामा फसेका बच्चालाई बाहिर निकाल्ने सीमित विकल्प छन् । चार महिना अर्थात बर्षाको अवधि सकिएपछि बच्चा निकाल्ने एक विकल्प छ । अर्को विकल्पमा पहाड खोतलेर सुरुङ बनाएर बच्चा निकाल्नु पर्नेछ ।
बच्चा २३ जूनको फुटवल म्यान खेलेपछि कोचसँगै गुफा हेर्न गएका थिए । त्यही बेला भएको बर्षाले गुफामा पानी पस्यो र प्रवेशद्धार बन्द भयो, अनि बच्चा गुफामै फसे ।

अहिले थाइल्याण्डमा मात्र होइन, अन्तराष्ट्रियजगतमै ती बच्चाको उद्दार कसरी गरिन्छ भनेर चासोसँग हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस