काठमाडौं । झापा प्रहरीले भन्सार छल्न लुकीछिपाई ल्याइरहेको अवैध सामग्री बरामद गरेको छ । प्रहरी चौकी मेचीपारिबाट खटेको प्रहरी टोलीले सो सामान बिहीबार बरामद गरेको हो ।
प्रहरी चौकी मेचीपारिबाट खटिएको प्रहरी टोलीले झापा भद्रपुर नगरपालिका ३ मेची नदी किनारस्थित भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउदैगरेको सुर्ति ११ बोरा, पापड १६ प्याकेट, खाने तेल १ टिन, नाइलनको डोरी १ पोका, कलको जिब्रि २ प्याकेट र सामान ल्याउन प्रयोग भएको साइकल ५ थान गरी अन्दाजी ५५ हजार रुपियाँ बरावरको सामग्री बरामद गरेको छ ।
बरामद भएको सामान भद्रपुर भन्सार कार्यालय पठाइएको झापा प्रहरीका सूचना अधिकारी तथा प्रवक्ता वसन्त पाठकले बताए । नियमित रुपमा केही व्यापारीले सीमापारितबाट सामान अवैधरुपमा ल्याउनेगरेको सूचनाका आधारमा प्रहरी टोली नियमित गस्तिमा रहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ माघ २०७९, ०८ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धरानबाट चार क्विन्टलभन्दा बढी गाँजा बरामद
मुस्ताङमा झण्डै ७ करोडको अवैध सामान बरामद, ट्रकधनीसहित तीन जना पक्राउ
धरानमा सशस्त्र प्रहरीद्वारा १९० किलो गाँजा बरामद
सुनसरीबाट ६४ किलो गाँजा बरामद
सात लाख बढीको भन्सार छलीको समान बरामद
रुपन्देहीमा ३० वटा आइफोनसहितका सामान बरामद