काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुख चयन प्रक्रिया आजबाट सुरु हुने भएको छ । संसद् सचिवालयले सार्वजनिक गरेको उपसभामुखको निर्वाचन कार्यतालिका अनुसार आज उम्मेदवारी दर्ता हुनेछ ।
आज दिउँसो १ देखि ४ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ भने आजै सवा चार बजे उम्मेदवारको सूची प्रकाशित गरिनेछ । माघ ७ शनिबार १ बजे बस्ने प्रतिनिधि सभामा उम्मेदवारको प्रस्तावमाथि छलफल निणार्यथ प्रस्तुत गर्ने कार्यक्रम छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमलाई उपसभामुख बनाउने सत्ता गठबन्धनको तयारी छ । सत्ता साझेदार दलबाट सभामुखमा एमालेका देवराज घिमिरे भएपछि उपसभामुखमा रास्वपाकी गौतमलाई बनाउने तयारी गरिएको हो ।
नेपाली कांग्रेसले पनि उपसभामुखमा उम्मेदवार उठाउने निर्णय गरेको छ । यसबारे पार्टीले आज थप निर्णय लिने बताइएको छ
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ माघ २०७९, ०६ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धनुषामा सातै प्रदेशका उपसभामुखको सम्मेलन सुरु
एकीकृत समाजवादी उपसभामुख रानाको पक्षमा उभिने
उपसभामुख रानालाई हटाउने तयारी, सांसदहरुको हस्ताक्षर संकलन
कांग्रेसले माग्यो उपसभामुखको राजीनामा
करुणा भावले गरेको सहयोगलाई विवादित बनाउनु मविरुद्धको नियोजित कदम : उपसभामुख
विवादमा मुछिएकी उपसभामुखसँग रास्वपाले गर्यो सोधपुछ