एजेन्सी । सन् २०२२ मा सर्वाधिक चर्चा बटुल्न सफल भएकाे फिल्म ‘द कश्मीर फाइल्स’ बिहीबारबाट पुनः प्रदर्शनमा आउने भएको छ ।
फिल्मका निर्देशक विवेक रन्जन अग्निहोत्रीले आफ्नाे सामाजिक सञ्जाल ट्वीटर मार्फत फिल्मको पुनः प्रदर्शन गर्ने घोषणा गरेका हुन् । उनले ट्वीट गर्दै लेखेका छन्, ‘द कश्मीर फाइल्स १९ जनवरीमा कश्मीरी हिन्दु नरसंहार दिवसमा पुनः प्रदर्शन हुँदैछ । बलिउडमा १ वर्षमा कुनै फिल्म दुई पटक सार्वजनिक भएको सम्भवत यो नै पहिलो हुनसक्छ।’
फिल्मका अभिनेता अनुपम खेरले पनि फिल्मकाे पुनः प्रदर्शन हुने पुष्टि गरेका छन् । अनुपमले ट्वीट गर्दै लेखेका छन्, ‘सायद पहिलो पटक यस्तो हुँदैछ कि कुनै फिल्म एकै वर्षभित्र दोस्रो पटक सार्वजनिक हुन लागेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०५ माघ २०७९, ११ : ४४
लेखकबाट थप