तनहुँ जिल्ला अदालतबाट पल शाहले पाए सफाइ

सफल खबर संवाददाता

मंगलबार, ०३ माघ २०७९, १८ : ५७
तनहुँ जिल्ला अदालतबाट पल शाहले पाए सफाइ

काठमाडौं । बालिका बलात्कारको आरोपमा अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ । मंगलबार न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासले शाहलाई सफाइ दिएको हो । 

बहसमा शाहको पक्षबाट तीन वरिष्ठसहित ५ जना कानुन व्यवसायीले बहस गरे भने जाहेरवालाका तर्फबाट एक जना सरकारी वकिल सहभागी थिए ।एक बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँ र नवलपरासी पूर्वमा शाहमाथि मुद्दा दायर भएको थियो ।

उनलाई जिल्ला अदालत नवलपुरले पनि जबरजस्तीकरणीको मुद्दामा सफाइ दिएको थियो । तर, बालयौन दुरुपयोगसम्बन्धी अभीयोगमा दुई वर्ष ६ महिना कैद र १० लाख क्षेतिपूर्तिबापत जरिबाना तोकेको थियो ।

उनी हाल तनहुँ कारागारमा छन् । 

प्रतिक्रिया दिनुहोस