काठमाडौँ । अष्ट्रेलियाको एक ठूलो सहर सिड्नी विषयमाथि नेपाली फिल्म ‘सिड्नी’ निर्माण हुने भएको छ । देव कुमार श्रेष्ठको निर्देशन रहने फिल्मको आइतबार साँझ राजधानीको होटल एभरेष्टमा एक कार्यक्रमका बीच औपचारिक निर्माण घोषणा भयो । फिल्मा सविन श्रेष्ठ र रीमा विश्वकर्माको जोडी मुख्य भूमिकामा रहनेछन् ।
वैशाख छेकोबाट छायांकन सुरु हुने फिल्म ओमाईगड इन्टरटेन्मेन्ट र आचार्य ब्रदर्सको संयुक्त ब्यानरमा निर्माण हुने लागेको हो । फिल्मको २० प्रतिशत नेपालमा र ८० प्रतिशत सिड्नीमा छायांकन हुनेछ । छायांकनमा निस्कनुअघि फिल्मका लागि अन्य कलाकार छनोट गरिने कार्यक्रममा निर्देशक श्रेष्ठले जानकारी दिए । ‘फिल्मले नेपालदेखि अष्ट्रेलियासम्मको कथा बोल्नेछ । फिल्मले अष्ट्रेलिया नेपाली बिद्यार्थीले गर्ने संघर्ष कथाको रुपमा उठाउन खोजिएको छ,’ श्रेष्ठले थपे ।
अम्बर रसाइली प्रस्तुतकर्ता रहेको फिल्मको निर्मातामा चोला बहादुर आचार्य र भीमराज रसाइली छन् । युगलध्वज कार्कीको लेखन रहेको फिल्मलाई हरि बहादुर घलेले छायांकन गर्नेछन् । प्रोडक्सन डिजाइनरमा शंकर पाण्डे रहेको फिल्म एक्सन तथा थ्रिलर जनरामा निर्माण हुनेछ ।
कार्यक्रममा अभिनेता सविनले आफू एक्सन भूमिकामा देखिन लागेको बताए । उनले यस अगाडिको फिलम भन्दा भिन्न यो फिल्ममा आफूलाई देख्न सकिने बताए ।
अभिनेत्री रीमाले कथावस्तुले आफूलाई फिल्ममा काम गर्न आकर्षित गरेको बताइन् । रीमाले पहिलो पटक सविनको जोडीको रुपमा अभिनय गर्न लागेकी हुन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ माघ २०७९, ११ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अष्ट्रेलियामा पारित भयो १६ वर्षमुनि सामाजिक सञ्जाल चलाउन नपाइने विधेयक
नेपालको विकास प्रयासमा अष्ट्रेलियाले सघाउने
भारतविरुद्धको टेस्ट सिरिजका लागि अस्ट्रेलियन टिमको घोषणा
अष्ट्रेलिया सरकारको कडाइपछि विद्यार्थी भिसा आवेदनमा कमी
भारत र अष्ट्रेलियाबीच समुद्री सुरक्षा वार्ता
अष्ट्रेलियामा कोभिड–१९ का कारण मृत्युदर अझै पनि उच्च