एजेन्सी । शाहरुख खानको फिल्म ‘पठान’ अहिले निकै चर्चामा छ। रिलिजको संघारमा रहेको यो फिल्म नेपाल भित्र्याउन यहाँका निर्माताबीच होडबाजी देखिएको छ।
नेपालका चार फिल्म वितरण कम्पनीबीच ‘पठान’ नेपाल भित्र्याउने प्रतिस्पर्धा नै चलेको छ। यसैबीच यशराज फिल्म्सले नेपाल राइटको मूल्य १ करोड ५० लाख भारु तोकेको छ।
फिल्मको ट्रेलर सार्वजनिक भएसँगै फिल्म नेपाल भित्र्याउन सुनिल मानन्धर, गोपीकृष्ण मुभिज, एबी फिल्म्स र एप्पल इन्टरटेनमेन्टले चासो देखाएका छन्। यशराज फिल्म्सले मूल्य तोके पनि फिल्म नेपाल भित्र्याउन चाहने अन्य कम्पनीले भने १ करोड २५ लाख भारुको प्रस्ताव राखेका छन्।
यसअघि २ करोड २५ लाख भारुमा ‘केजीएफ च्याप्टर २’ दुई नेपाल भित्र्याइएको थियो। त्यसपछि सबैभन्दा धेरै मूल्यमा फिल्म ल्याउने प्रतिस्पर्धा चलेको अर्को फिल्म ‘पठान’ हो। फिल्मले राम्रो ओपनिङसहित कलेक्सन गर्ने अनुमानले फिल्मलाई यति ठूलो रकम तिर्न नेपाली फिल्म वितरक तयार भएका हुन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ पुस २०७९, १० : ५५
लेखकबाट थप