काठमाडौं । विद्युतीय राहदानीको सर्भर समस्या हल गर्न फ्रान्सबाट प्राविधिक टोली आउने भएको छ । नेपालले जारी गर्ने विद्युतीय राहदानीको सम्पूर्ण जिम्मा पाएको आईडीमिया टोली भोलि सोमबारसम्म आइपुग्ने राहदानी विभागका महानिर्देशक सुरेन्द्र यादवले जानकारी दिए ।
नेपालमा १५ मंसिर २०७८ बाट सुरु विद्युतीय राहदानीको सम्पूर्ण प्राविधिक जिम्मेवारी सो टोलीले पाएको छ । राहदानी सर्भरमा स्टोरेज’ समस्या देखिएको छ । विभागका महानिर्देशक यादवका अनुसार कुनैपनि व्यक्तिको फोटो, हस्ताक्षर र हातको बायोमेट्रिक लिन समय लागेपछि त्यसको सामाधानका लागि प्राविधिक टोली बोलाइएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’ले राहदानी विभागमा लागेको लाइन एक महिनाभित्र हटाउन’ निर्देशन दिएकै दिनदेखि विभागले काम ढिलाइमा प्राविधिक समस्या देखिएको’ भन्दै वितरण रोकेको थियो । विभागकी प्रवक्ता तथा निर्देशक दुरपदा सापकोटाले सूचना जारी गर्दै विभागको सिस्टममा समस्या आई राहदानी छपाई तथा वितरण कार्य अवरुद्ध हुन गएको उल्लेख गरेकी थिइन् ।
विभागले सो समस्या समाधानका लागि निरन्तर कार्य गरिरहेको र सिस्टम पूर्ण रूपमा सुचारु हुन केही समय लाग्ने भएकाले राहदानीका लागि आवेदन दिएका आवेदकले मोबाइलमा म्यासेज आएपछि मात्र विभागमा आउनुहुन अनुरोध गरिएको छ । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, २४ पुस २०७९, ०८ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राहदानी वितरण रोकिएपछि सेवाग्राही आक्रोशित
झापामा नागरिकता बनाउनेभन्दा राहदानी लिने बढी
स्याङ्जामा नागरिकताभन्दा राहदानी लिने बढी
पोर्चुगलमा राहदानी बनाउन नेपालीको घुइँचो
नागरिकता र राहदानी लिनेको संख्या बढ्यो
जीबी राईको राहदानी रद्द गर्न प्रहरीले पठायो पत्र