पोर्चुगलमा राहदानी बनाउन नेपालीको घुइँचो

सफल खबर संवाददाता

विहीबार, २४ साउन २०८१, १४ : ०५
पोर्चुगलमा राहदानी बनाउन नेपालीको घुइँचो

काठमाडौं। लिस्बन– पोर्चुगलको राजधानी लिस्बनमा सञ्चालित राहदानीसम्बन्धी ‘घुम्ती शिविर’मा राहदानी बनाउने सेवाग्राही नेपालीको घुइँचो लागेको छ । 

गैरआवासीय नेपाली सङ्घ पोर्चुगलको कार्यालयमा सञ्चालित शिविरमा दैनिक करिब ४०० को हाराहारीमा नेपाली सेवाग्राहीको भीड हुने गरेको हाे ।

राहदानी विभाग काठमाडौं र फ्रान्सस्थित नेपाली दूतावासको संयुक्त टोलीले गत शुक्रवारबाट सेवा दिन शुरू गरेको थियाे ।

शिविरमा दुई हजारभन्दा बढीको विद्युतीय राहदानी (ई–पासपोर्ट)  ‘बायोमेट्रिक’ विवरण सङ्कलन गरिएको टोलीले जनाएको छ ।