काठमाडौं । राहदानी विभागको सेवा ठप्प भएपछि सेवाग्राही आक्रोशित भएका छन् ।त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय परिसरमा भेला भएकाहरुले छिटो सेवा सुरु गर्न माग गर्दै होहल्ला गरेका छन् । उनीहरुलाई प्रहरीले रोक्ने प्रयास गरेको छ ।
तर सेवाग्राहीले हात नहाल्न चेतावनी दिएका छन् ।हाल राहदानी वितरणको काम अनिश्चितकालका लागि ठप्प छ । राहदानी वितरण रोकिँदा सेवाग्राही मर्कामा परेका छन् ।
विभागले प्रणालीमा समस्या आएकाले राहदानी वितरणको काम रोकिएको जनाएको छ ।विभागले गत शुक्रबार गत शुक्रबार सबै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेर समस्या समाधान गर्न प्राविधिक समूहले काम गरिरहेको जानकारी गराएको थियो ।
१० मंसिरदेखि सबै समस्या समाधान गरेर सेवा पुनः सुरु गर्न प्रयास गरिरहेको विभागले जनाएको छ ।सेवाग्राहीले आफूहरुको अनुहार मिडियामा आएको भनेर भनेर गुनासो गरेकाले सेवाग्राही देखिने गरी फोटोरभिडियो खिच्न रोक लगाइएको भनेर विभागका महानिर्देशकले तर्क गरे पनि सेवाग्राहीहरु मिडियासामु आफूले भोग्नुपरेका समस्या सुनाउने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०९ मंसिर २०८१, १४ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापामा नागरिकता बनाउनेभन्दा राहदानी लिने बढी
स्याङ्जामा नागरिकताभन्दा राहदानी लिने बढी
पोर्चुगलमा राहदानी बनाउन नेपालीको घुइँचो
नागरिकता र राहदानी लिनेको संख्या बढ्यो
जीबी राईको राहदानी रद्द गर्न प्रहरीले पठायो पत्र
राहदानी बनाउन पोर्चुगलबाट ६ सय ६९ को आवेदन