झापा । जिल्ला प्रशासन कार्यालयबाट नागरिकताभन्दा राहदानी लिनेको सङ्ख्या ह्वात्तै बढेको छ ।
आर्थिक वर्ष २०८०–८१ मा २५ हजार चार सय ५५ जनाले राहदानी तथा १८ हजार आठ सय २२ जनाले नागरिकता लिएका छन् ।
गत आवमा राहदानीबापत रु १४ करोड ७३ लाख ६७ हजार सात सय राज्यकोषमा दाखिला भएको छ । राहदानी लगायत अन्य सेवाबाट जिल्ला प्रशासन कार्यालयले रु १५ करोड ३० लाख ३९ हजार चार सय ४४ सङ्कलन गरेको छ ।
यसैबीच उक्त कार्यालयले चालु तथा पुँजीगत खर्च रु तीन करोड ८६ लाख १६ हजार चार सय ५७ भएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३१ साउन २०८१, ०९ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राहदानी वितरण रोकिएपछि सेवाग्राही आक्रोशित
स्याङ्जामा नागरिकताभन्दा राहदानी लिने बढी
पोर्चुगलमा राहदानी बनाउन नेपालीको घुइँचो
नागरिकता र राहदानी लिनेको संख्या बढ्यो
जीबी राईको राहदानी रद्द गर्न प्रहरीले पठायो पत्र
राहदानी बनाउन पोर्चुगलबाट ६ सय ६९ को आवेदन