नागरिकता र राहदानी लिनेको संख्या बढ्यो

सफल खबर संवाददाता

विहीबार, १७ साउन २०८१, १३ : ५२
नागरिकता र राहदानी लिनेको संख्या बढ्यो

काठमाडौँ । दैलेख जिल्लामा नागरिकता र वैदेशिक रोजगार, अध्ययन र भ्रमणका लागि राहदानी बनाउनेको संख्या पछिल्लो समय बढेको छ ।

गत आर्थिक वर्षमा नागरिकता र वैदेशिक रोजगारका लागि राहदानी बनाउनेको संख्या बढी रहेको स्थानीय प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालयमा दैनिक दर्जनभन्दा बढी राहदानीका लागि निवेदन आउने गरेका छन् ।

गत आर्थिक वर्षमा जिल्ला प्रशासन कार्यालय दैलेखबाट करिब ९ हजार ५ सय ८६ जनाले राहदानीको सिफारिस लिएका छन् । राहदानी तर्फ साधारण इन्ट्री ३ हजार ७ सय ५२ वटा भएको पाइन्छ । यस्तै ४ सय भन्दा बढी जनाले राहदानी लिएको सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाले बताए ।

गत आर्थिक वर्षमा करिब ९ हजार ७ सय ८४ जनाले नागरिकताको प्रतिलिपि लिएको उनले बताए । त्यस्तै सोही अवधिमा १९ वटा नयाँ संस्था दर्ता सहित ४० संस्था नवीकरण गरिएको कोइरालाले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस