तालिवान सरकारले गरेका निर्णयप्रति राष्ट्र संघको चिन्ता

एजेन्सी

बुधबार, १३ पुस २०७९, १२ : ०८
तालिवान सरकारले गरेका निर्णयप्रति राष्ट्र संघको चिन्ता

काठमाडौं । अफगानिस्तानमा महिलालाई विश्वविद्यालयमा अध्ययन र गैरसरकारी संस्थामा काम गर्नका लागि लगाइएको प्रतिबन्धकाे बारेमा संयुक्त राष्ट्र संघको सुरक्षा परिषदले चिन्ता व्यक्त गरेको छ ।

सुरक्षा परिषदले एक वक्तव्य जारी गर्दै अफगानिस्तानमा महिला र युवतीका लागि समान र पूरा अधिकारका लागि अपिल गरेको हाे । सुरक्षा परिषदले तालिवान सरकारलाई विद्यालय पुनः खोल्न र आफ्ना नीतिमा परिवर्तन गरी मानवअधिकार र स्वतन्त्रताको उल्लंघन नगर्न अनुरोध गरेको छ ।

हालै तालिवाल सरकारले महिला तथा युवतीलाई विश्वविद्यालय अध्ययनमा प्रतिबन्ध लगाएको थियो । बालिकालाई ६ कक्षा भन्दा माथि अध्ययन गर्न निषेध गरिएको छ । त्यस्तै महिलालाई गैरसरकारी संस्थामा काम गर्न पनि प्रतिबन्ध लगाइएको छ ।

गैरसरकारी संस्था र अन्तर्राष्ट्रिय संस्थामा महिलालाइ काम गर्न प्रतिबन्ध लगाउनुले देशमा मानवीय सहयोगका लागि चलाइएका अभियान प्रभावित हुने जारी वक्तव्यमा उल्लेख गरिएकाे छ ।

प्रतिक्रिया दिनुहोस