सन्दीप लामिछाने प्रकरण : पीडित किशोरीको जन्मसम्बन्धी प्रमाण झिकाउन आदेश

सफल खबर संवाददाता

मंगलबार, १२ पुस २०७९, २१ : २९
सन्दीप लामिछाने प्रकरण : पीडित किशोरीको जन्मसम्बन्धी प्रमाण झिकाउन आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले जबर्जस्तीकरणी आरोपित क्रिकेटर सन्दीप लामिछानेबाट पीडित किशोरीको जन्मसम्बन्धी प्रमाण झिकाउन आदेश दिएको छ।

मंगलबार न्यायाधीश हिमलाल बेल्बासेको इजलासले पीडित किशोरीको जन्‍मसम्बन्धी प्रमाण झिकाउन आदेश दिएको हो ।क्रिकेटर लामिछानेलाई १८ वर्षमुनिको नाबालिगलाई बलात्कार गरेको आरोप लागे पनि सन्दीपको पक्षले किशोरी १८ वर्ष पूरा भएको दाबी गरेको छ । सन्दीप पक्षले किशोरी नाबालिग नरहेको भनेपछि अदालतले

पछिल्लोपटक नाबालिग किशोरीको उमेर तीन थरी सार्वजनिक भएको छ । र, उमेरसम्बन्धी विवाद भएपछि इजलासले नै किशोरीको जन्मसम्बन्धी अभिलेख अस्पतालबाट झिकाउन आदेश दिएको हो।

प्रतिक्रिया दिनुहोस