जसपाले सरकारमा सहभागिताबारे राजनीतिक समितिको बैठकबाट निर्णय गर्ने

सफल खबर संवाददाता

मंगलबार, १२ पुस २०७९, ०८ : ०१
जसपाले सरकारमा सहभागिताबारे राजनीतिक समितिको बैठकबाट निर्णय गर्ने

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले सरकारमा जाने या नजाने विषय तत्काल टुंगो नलगाउने भएको छ । 

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरेपनि सरकारमा सहभागि हुने या नहुने विषयको निर्णय राजनीतिक समितिको बैठकले गर्ने भएको हो । समितिको बैठक  पुस १८ र १९ गते बस्ने तय भएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । 

उनकाअनुसार त्यतिबेलासम्म पार्टीको संसदीय दलको नेता चयनको प्रक्रिया पनि टुंगो लाग्नेछ । जसपाले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेपनि सरकारमा सहभागिताबारे भने अनिर्णत बनेको हो ।

प्रतिक्रिया दिनुहोस