प्रधानमन्त्रीको शपथमा जान सकिनन् प्रचण्ड पत्नी सीता

सफल खबर संवाददाता

सोमबार, ११ पुस २०७९, १७ : ११
प्रधानमन्त्रीको शपथमा जान सकिनन् प्रचण्ड पत्नी सीता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाल स्वास्थ्यका कारणले प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण समारोहमा उपस्थित हुन सकिनन् ।

परिवारका अन्य सदस्यहरु प्रधानमन्त्री तथा मन्त्रीहरुको शपथ ग्रहण समारोहमा सहभागी भएका थिए । दाहाल भने बिरामीका कारणले उपस्थित हुन सकिनन् ।

दाहाल हिँडडुल गर्न नसक्ने अवस्थामा छिन् । दाहाल पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित छिन् । उनलाई लागेको रोगलाई प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी पीएसपी भनिन्छ ।

दाहालको अमेरिका, भारत, सिंगापुरमा उपचार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस