जनकपुरधाम । मधेश प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्यको शपथ ग्रहण पुस १५ गते हुने भएको छ ।सोमबार प्रदेशसभा सचिवालयमा आह्वान गरिएको सर्वदलीय बैठकमा यस्तो सहमति भएको हो ।
पुस १५ गते दिउँसो २ बजे नवनिर्वाचित प्रदेशसभा सदस्यहरूको शपथग्रहण हुने तय भएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए ।
नेपालको संविधानको धारा १८२ को उपधारा (५), प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम ज्येष्ठ सदस्यले गराउने कानुनी व्यवस्था छ ।
सचिव यादवका अनुसार प्रदेशसभाको ज्येष्ठ सदस्य नेकपा एकीकृत समाजवादीका नवनिर्वाचित सांसद गोवीन्द बहादुर न्यौपानेले शपथ ग्रहण गराउने छन्।
मधेश प्रदेशसभामा प्रत्यक्ष ६४ र समानुपातिक ४३ गरी १०७ प्रदेश सांसद छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ पुस २०७९, १५ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्लाहीका १९ अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन
मधेश प्रदेश सभाको कार्यसूचीमा चढ्यो भाषा विधेयक फिर्ताको प्रस्ताव
संविधान संशोधनका नाममा संघीयता र मधेशको अधिकारको प्रश्न उठाउन पाइँदैन : मुख्यमन्त्री सिंह
मधेशका मुख्यमन्त्री सिंहसँग जनमतले सोध्यो स्पष्टीकरण
मधेश प्रदेश लोकसेवा आयोगका नवनियुक्त अध्यक्ष यादवले लिए शपथ
मधेशको बजेट छानबिन गर्न उच्चस्तरीय समिति बनाउने निर्णय