काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय १८३ दिन सम्हालेका जीवनराम श्रेष्ठले आफ्नो कामको विवरण सार्वजनिक गरेका छन् ।नीतिगत, कानुनी, संरचनागत सुधार मार्फत पर्यटन क्षेत्रलमाई व्यवस्थित गर्ने आधार तयार पारेको उनले दावी गरेका छन् ।
पर्यटन क्षेत्रको पुनरुत्थानमा कार्ययोजना ल्याएर कार्यान्वयन अघि बढाउनु, पर्यटन पूर्वाधारको विकास, पर्यटन प्रबर्द्धन, नेपाल पर्यटन दशक घोषणालाई उनले महत्वपूर्ण काम भनेका छन् ।
होप अन होप अफ बस सञ्चालनको अवधारणा अगाडि बढाउने, रात्रिकालीन सम्पदा यात्राका लागि आवश्यक पूर्वाधार तयार पार्ने काम समेत आफ्नो कार्यकालमा भएको उनको भनाइ छ । यसबीचमा पर्यटकका लागि नेपाल बाह्रै महिना घुम्नयोग्य छ भन्ने सन्देश अन्तर्राष्ट्रिय बजारमा प्रवाह गर्न सफल भएको उनको बताए ।
रुकुमको चौरजहारी विमानस्थल, सिमीकोट विमानस्थल र रारा विमानस्थल विस्तारको थप जग्गा अधिग्रहणको काम अगाडि बढेको उनले जानकारी दिए । दाङ र चितवनको भरतपुर विमानस्थलको धावनमार्ग विस्तारको प्रक्रिया समेत यसबीचमा अगाडि बढेको उनले जानकारी दिए ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनको मिति तय हुनु समेत उनले उपलब्धि मानेका छन् । उनले निजगढ विमानस्थल निर्माणसम्बन्धी अन्योलको समेत अन्त्य भएको उनले बताएका छन् । अमेरिका, स्वीट्जल्याण्ड, रुवाण्डासहितका मुलुकसँग हवाई सम्झौताको काम अन्तिम चरणमा पुगेको समेत मन्त्री श्रेष्ठले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ पुस २०७९, १३ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नागरिक उड्डयन क्षेत्र सुधार्ने नेपाल एयरलाइन्सले नै हो ; मन्त्री पाण्डे
राष्ट्रको इज्जत बढ्नेगरी काम गर्न वायुसेवा निगमलाई मन्त्री तामाङको निर्देशन
हवाई टिकटको अनावश्यक भ्याट हटाइन्छ : पर्यटनमन्त्री तामाङ
यो वर्ष १६ लाख पर्यटक भित्र्याउँछौं : पर्यटनमन्त्री
नेपालमा लगानी गर्नुहोस्,लगानीको सुरक्षा सरकारले गर्छ : पर्यटनमन्त्री
अभिलेख संरक्षण परम्परागत भयो, आधुनिक तरिकाले गरौं : पर्यटनमन्त्री तामाङ