काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले यस वर्ष देशमा १६ लाख विदेशी पर्यटक भित्र्याउने गरी सरकारले काम गरिरहेको बताएका छन् ।
गोरखापत्र परिसरमा जारी फोटो प्रदर्शनीको आइतबार अवलोकन गर्दै मन्त्री तामाङले यस्तो बताएका हुन् । कोभिड-१९ का कारण पर्यटक आगमन घटेको भन्दै उनले सन् २०२४ मा कम्तीमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्यसाथ काम भइरहेको बताए ।
लुम्बिनीमा आउने बौद्ध धर्मावलम्बी र काठमाडौंमा आउने हिन्दु धर्माबलम्बी पर्यटकको संख्या धेरै रहेको भन्दै उनले नेपालको प्राकृतिक सम्पदा, हिमाल आरोहणमा आउने पर्यटक अझ बढाउन सकिने बताए ।
पर्यटन क्षेत्रको विकासले मुलुकको समृद्धिको आधार समेत तयार हुने उनको दाबी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० जेठ २०८१, १५ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नागरिक उड्डयन क्षेत्र सुधार्ने नेपाल एयरलाइन्सले नै हो ; मन्त्री पाण्डे
राष्ट्रको इज्जत बढ्नेगरी काम गर्न वायुसेवा निगमलाई मन्त्री तामाङको निर्देशन
हवाई टिकटको अनावश्यक भ्याट हटाइन्छ : पर्यटनमन्त्री तामाङ
नेपालमा लगानी गर्नुहोस्,लगानीको सुरक्षा सरकारले गर्छ : पर्यटनमन्त्री
अभिलेख संरक्षण परम्परागत भयो, आधुनिक तरिकाले गरौं : पर्यटनमन्त्री तामाङ