काठमाडौं । खोटाङको दिक्तेल नगरपालिका १३ मा यात्रु बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था सामान्य र दुई जनाको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
बुइपाबाट सदरमुकामतर्फ जाँदै गरेको प्रदेश १-०५-००१ ख ००१७ नम्बरको बस आज बिहान १०ः४० बजे दुर्घटना भएको थियो । जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता एवम् प्रहरी निरीक्षक रोमन अर्यालका अनुसार घाइतेहरुलाई अस्पताल पुर्याउने काम जारी छ ।
केहीलाई जिल्ला सदरमुकाममा र केहीलाई हेलिकोप्टरमार्फत् काठमाडौं लैजाने तयारी भइरहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० पुस २०७९, १२ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुर्खेतमा मिनिबस दुर्घटना, दुई जनाको मृत्यु
मोरङको बुढीगंगामा बस पल्टिँदा १८ जना घाइते
कीर्तिपुरमा बस दुर्घटना: एकजनाको मृत्यु, तीन घाइते
पाकिस्तानमा बस दुर्घटनाः २० को मृत्यु, २१ घाइते
मुस्ताङमा विद्यार्थी लिएर गएको गाडी दुर्घटना, २१ जना घाइते
सल्यान बस दुर्घटनाका घाइते विकको मृत्यु