काठमाडौं । वीरगञ्जबाट पोखरा जाँदै गरेको यात्रुबाहक बस मकवानपुरको चुरियामाई मन्दिर नजिकै पल्टिँदा १७ जना घाइते भएका छन् । मकवानपुर प्रहरीका अनुसार ग २ ख १६२१ नम्बरको यात्रुबाहक बस शुक्रबार ब्रेक फेल भई चुरियामाई मन्दिर नजिकैको सडक छेउ खोला डिलमा पल्टिएको हो ।
बस पल्टिएर घाइते भएकाहरूको उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल लगिएको प्रहरीले जनाएको छ । सामान्य उपचारपछि ८ जनाको डिस्चार्ज भइसकेको र अन्य ९ जनाको भने अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ मंसिर २०८१, १३ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनसरीमा स्कुल बस दुर्घटना हुँदा १४ जना विद्यार्थी घाइते
जनकपुरबाट लहान जाँदै गरेको बस दुर्घटना, २० बढी घाइते
गोरखामा माइक्रो बस दुर्घटना, १ जनाको मृत्यु, १४ घाइते
थाइल्याण्डमा बस दुर्घटना हुँदा १८ जनाको मृत्यु
बोलिभियामा बस दुर्घटना हुँदा ३० जनाको मृत्यु
जनकपुरबाट सर्लाहीको बरहथवा जाँदै गरेको बस दुर्घटना