१९ वर्षपछि नेपाली जेलबाट छुटे चार्ल्स शोभराज, आजै फ्रान्स डिपोर्ट गरिने

सफल खबर संवाददाता

शुक्रबार, ०८ पुस २०७९, १४ : ३३
१९ वर्षपछि नेपाली जेलबाट छुटे चार्ल्स शोभराज, आजै फ्रान्स डिपोर्ट गरिने

काठमाडौं। श्रृंखलावद्ध हत्याका लागि विश्व कुख्यात फ्रान्सेली नागरिक चार्ल्स शोभराज आज जेलमुक्त भएका छन् । उनी १९ वर्षदेखि नेपाली जेलमा रहेका थिए । १९ वर्षपछि उनी शुक्रबार जेलमुक्त भएका हुन् ।

सर्वोच्च अदालतले बुधवार उनलाई जेलमुक्त गरेर १५ दिनभित्र फ्रान्स डिपोर्ट गर्न आदेश दिएको थियो । बुधबारको आदेश अनुसार बिहिबार नै शोभराजलाई रिहा गर्ने प्रक्रिया सुरू गरिएकोमा प्रक्रिया पूरा नहुँदा उनी आज जेलमाुक्त भएका हुन् ।

सर्वोच्चले ७८ वर्षीय वृद्ध तथा मुटुको रोगी समेत रहेका शोभराजले तोकिएको २० वर्षे कैद सजायको ९५ प्रतिशत भोगिसकेको भन्दै उनलाई तत्काल रिहा गर्न आदेश दिएको थियो ।  शोभराजलाई आज साँझ नै फ्रान्स डिपोर्ट गरिने तयारी भइरहेकाे छ ।

 

प्रतिक्रिया दिनुहोस