एजेन्सी । विश्वकै धनी एलोन मस्कले ट्वीटरको सीईओ पद छाड्ने आँकलन हुन थालेको छ । उनले प्रयोगकर्ताहरूलाई सीईओको पद छोड्ने वा नछड्ने भन्नेबारे निर्णय गर्न आग्रह गर्दै एक सर्वेक्षण ट्वीट गरेका छन् । उनले नतिजा पालना गर्ने वाचासमेत गरेका छन् ।
मस्कले सीईओको रूपमा केही महिनायता कम्पनीमा केही उथलपुथल गरेका छन्। ट्विटरका हजारौं कर्मचारीहरूलाई हटाउने र ठूला नीति परिवर्तनहरू गरेका छन् । त्यस्तै ब्लु टिक प्रमाणिकरणका लागि शुल्क लिनेदेखि अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलगायत धेरै विवादास्पद व्यक्तित्व र संगठनहरूमाथि लागेको प्रतिबन्ध हटाउने निर्णय गरेका छन् ।
यसअघि नै उनले ट्विटरको सीईओको रूपमा लामो समयसम्म काम गर्न नचाहेको बताएका थिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ०४ पुस २०७९, ०८ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एलन मस्कले आफ्नै कम्पनी एक्सएआईलाई ३३ अर्ब डलरमा बेचे एक्स
एक्सले काम नगरेपछि यसो भन्छन् मस्क
म ट्रम्पको प्राविधिक सहयोगी मात्रै हुँ : मस्क
मैले जर्बजस्ती सरकार कब्जा गरेको छैन : मस्क
यूएसएडविरुद्ध खनिए एलन मस्क- आपराधिक संस्था भन्दै मर्ने समय आएको दाबी
एक्समा एलन मस्कले फेरे आफ्नो नाम