सुर्खेत । कर्णाली प्रदेश सभामा बन्दसूची पेश गर्ने २२ दलको धरौटी जफत भएको छ । निर्वाचन आयोगले शनिवार कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष प्रदेशसभा सदस्य निर्वाचन २०७९ को परिणाम सहितको प्रतिवेदन बुझाउँदा २२ दलहरूको धरौटी जफत भएको जनाएको छ ।
प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ अनुसार समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत हुने निर्वाचनमा कुनै राजनीतिक दलले कम्तीमा १ सिट प्राप्त नगरेमा त्यस्तो दलले राखेको धरौटी जफत हुने व्यवस्थाबमोजिम प्रदेशसभातर्फ बन्दसूची पेश गर्ने २८ दलमध्ये कर्णाली प्रदेशमा २२ वटा राजनीतिक दलको धरौटी जफत गरिएको आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।
पत्रकार भेटघाटमार्फत शनिवार सहसचिव भट्टराईले निर्वाचन परिणाम प्रतिवेदनअनुसार कर्णाली प्रदेशसभातर्फ ४० जना निर्वाचित भएका छन् । यसमा पुरुष २५ जना ९६२।५ प्रतिशत० र महिला १५ जना (३७.५ प्रतिशत) निर्वाचित बताए । उनका अनुसार कर्णाली प्रदेशसभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ १५ र समानुपातिक निर्वाचन प्रणालीतर्फ २८ राजनीतिक दल निर्वाचनमा सहभागी भएका थिए ।
‘प्रदेश सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ११३ पुरुष र ३ महिला गरी कूल ११६ जनाको अन्तिम उम्मेदवारी कायम भएको थियो,’ उनले भने, ‘समानुपातिक निर्वाचन प्रणालीतर्फ भने कूल २०० जना उम्मेदवारको अन्तिम बन्दसूची कायम गरिएको थियो ।’ प्रदेशसभा सदस्य निर्वाचन २०७९ मा ४ लाख ९७ हजार ९८० महिला, ५ लाख १० हजार ४२० पुरुष र अन्य ३ गरी कूल १० लाख ८ हजार ४०३ मतदाता कायम रहेका उनले बताए ।
आयोगको प्रतिवेदनअनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचनमा ६ लाख १४ हजार ७१७ (६०.९६ प्रतिशत) मत खसेकामा ५ लाख ८९ हजार ४८४ (९५.९ प्रतिशत) मत सदर र २५ हजार २३३ (४.१० प्रतिशत) मत बदर भएको छ । समानुपातिक निर्वाचनमा ६ लाख १३ हजार ५०९ (६०.४ प्रतिशत) मतदान भएकामा ५ लाख ७७ हजार ८२९ (९४.१ प्रतिशत) मत सदर भएको छ । निर्वाचनमा ३५ हजार ६८० (५.८२ प्रतिशत) मत बदर भएको आयोगले जनाएको छ ।
प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ६० मा प्रदेशसभामा समानुपातिक निर्वाचन प्रणालीतर्फको कूल सदर मतको १।५ प्रतिशत थ्रेसहोल्ड कटाउने वा सोभन्दा बढी मत प्राप्त गर्ने दलको तर्फबाट मात्र उम्मेदवार निर्वाचित हुने व्यवस्था छ । जसअनुसार कर्णाली प्रदेशसभामा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधित्व भएको छ ।
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा ३७ राष्ट्रिय संस्थाका ७ हजार ५५३ र २ वटा अन्तर्राष्ट्रिय संस्थाबाट १२ जना पर्यवेक्षकबाट निर्वाचन पर्यवेक्षण भएको जनाइएको छ । आयोगका अनुसार निर्वाचित प्रदेशसभा सदस्यहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित गरिनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ पुस २०७९, ०९ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीद्वारा कर्णालीका नेतासँग आगामी बजेटबारे छलफल
कर्णाली र लुम्बिनी प्रदेशबीच १९ बुँदे साझा प्रतिबद्धता
एलिमिनेटर खेलमा चितवनविरुद्ध कर्णाली पहिले ब्याटिङमा
यस्ता छन् कर्णाली मन्त्रिपरिषद् बैठकका ७ निर्णय
कर्णालीमा दश हजार क्वीन्टल भन्दा बढी सहुलियतको खाद्यान्न बिक्री
कर्णालीका नौ जिल्लामा सुपथ मूल्य पसल