अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी समकक्षी भ्लादिमिर पुटिनबीच शिखर वार्ता हुने

एजेन्सी

विहीबार, १४ असार २०७५, १७ : २६
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी समकक्षी भ्लादिमिर पुटिनबीच शिखर वार्ता हुने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी समकक्षी भ्लादिमिर पुटिनबीच शिखर वार्ता हुने भएको छ । उनीहरुले तेस्रो मुलुकमा भेट्ने सहमति भए पनि मिति भने घोषणा हुन बाँकी रहेको रुसको प्रमुख प्रशासनिक केन्द्र क्रेमलिनले जनाएको छ ।

अमेरिका र रुसबीच पछिल्लो समयमा बढ्दै गएको दुरी कम गर्न राष्ट्रपतिहरुबीच शिखर वार्ता गर्न लागिएको हो । शिखर वार्ता हुने मिति र स्थानको तय भने दुवै देशका प्रतिनिधिहरुले संयुक्त रुपमा गर्ने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस