नाट्य संस्कृतिको विकास गर्न सरकार प्रतिबद्ध : मन्त्री श्रेष्ठ

सफल खबर संवाददाता

शुक्रबार, ०९ मंसिर २०७९, १९ : ०२
नाट्य संस्कृतिको विकास गर्न सरकार प्रतिबद्ध : मन्त्री श्रेष्ठ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नाट्यकला मनोरञ्जनसँगै समाजमा सकारात्मक सन्देश प्रवाहको सशक्त माध्यम भएको बताएका छन् । शुक्रबार काठमाडौंमा भएको दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव २०७९ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।

उनले नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनमा पनि नाटकको प्रभाव बढी रहेको बताए । उनले कला र संस्कृतिको माध्यमबाट देश र मानिसलाई जोड्ने आवश्यक कुराहरुको लागि सरकार सहयोग गर्न तयार रहेको बताए । मन्त्री श्रेष्ठले नेपाली रंगमञ्चमा नाट्यमेला, उत्सवहरुको अभाव भइरहेको बेलामा यो महोत्सवले कलाकर्मीहरुलाई उत्प्रेरणा र सहयोगको वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गरे ।

उनले नाट्य संस्कृतिको विकास गर्न र यसको स्थायित्व र नाट्यकर्मीको जीविकोपार्जन क्षेत्रलाई समृद्ध बनाउने कुरामा सहयोग प्रतिबद्ध रहेको पनि बताए । उनले भने, ‘नाट्यकला मनोरञ्जनसँगै समाजमा सकारात्मक सन्देश प्रवाहको सशक्त माध्यम हो । नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनमा पनि यसको बलियो प्रभाव छ । हामीले नाटकलाई सधैँ सामाजिक रुपान्तरणको एक सशक्त माध्यमका रुपमा लिएका छौँ ।’

उनले थपे, ‘नेपाली रंगमञ्चमा नाट्यमेला, उत्सवहरुको अभाव भइरहेको बेलामा यो महोत्सवले कलाकर्मीहरुलाई उत्प्रेरणा र सहयोगको वातावरण सिर्जना हुनेछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय कला र संस्कृतिको माध्यमबाट देश र मानिसलाई जोड्ने कार्यक्रमहरुको स्वागत गर्दछ । त्यसको लागि चाहिने सहयोगको लागि सरकारको ढोका सदैव खुला छ ।’

उनले फेरि भनेका छन्, ‘नेपालका नाटकहरु पनि अन्य देशहरुमा पुग्नसके यसले पनि नेपालको संस्कृति, परम्परा र चिनारीलाई अझै फैलाउनसक्छ । नाट्य संस्कृतिको विकास गर्न यसको स्थायित्व र नाट्यकर्मीको जीविकोपार्जन क्षेत्रलाई समृद्ध बनाउन सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’

प्रतिक्रिया दिनुहोस