काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले बाजुरा घटनाको सम्बन्धमा अनुसन्धान सुरू गरेको छ । शुक्रबार आयोग आयोगका प्रवक्ता टीकाराम पोखरेलले विज्ञप्ति निकालेर मंसिर ४ गते प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदको निर्वाचनको क्रममा २ जनाको मृत्यु भएको घटनाबारे अनुसन्धान सुरू गरेको जनाएको छ ।
उक्त घटनाबारे स्थलगत छानबिन तथा अनुसन्धान गर्न आयोगका उपसचिवको नेतृत्वमा केन्द्रीय कार्यालयका अधिकृत सम्मिलित एक टोली जिल्लातर्फ खटिएको आयोगले जनाएको छ।
साथै उक्त घटनाबारे आवश्यक सहयोग गरिदिन स्थानीय प्रशासन, सुरक्षा निकाय, राजनितिक दलहरू, नागरिक समाज, मानव अधिकारकर्मी, पीडित तथा पीडित परिवार र सर्वसाधारणसँग आयोगले अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ मंसिर २०७९, १५ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालमन्दिर जग्गा अनियमिततामा मानव अधिकार आयोगले थाल्यो अनुसन्धान
दशैँ बिदामा मानव अधिकार आयोग खुला रहने
विवादित व्यक्तिहरूलाई सार्वजनिक पदमा नियुक्ति नगर्न आयोगको निर्देशन
यातना पीडितहरुको न्यायमा पहुँच सुनिश्चित गर्न आयोगको आग्रह
रूवी खानसँग भएका सम्झौता कार्यान्वयनको प्रगति माग्दै गृहलाई आयोगको पत्र
विपद् जोखिम न्यूनीकरणमा संवेदनशील बन आयोगको आग्रह