चितवन । चितवन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरी ढकालले अग्रता लिएका छन्। उनले सत्ता गठबन्धनका विश्वनाथ पौडेललाई १ हजार २१३ मतले पछि पारेका हुन्।
चितवन क्षेत्र नं १ मा हालसम्म १४ हजार २ सय ८४ मत गणना हुँदा ढकालले ५ हजार ९८ मत प्राप्त गरेका छन्। उनलाई पछ्याएका गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार विश्व पौडेलले ३ हजार ८८५ मत प्राप्त गरेका छन् ।
यस्तै नेकपा एमालेका सुरेन्द्र पाण्डेले ३ हजार ८८४ मत प्राप्त गरेका छन्। राप्रपाका मधुप कुमार भट्टराइले ४७६ मत लिएका छन्। गणना भएको मतमा हालसम्म ५१३ मत बदर भएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ मंसिर २०७९, ०९ : ०८
लेखकबाट थप