काठमाडौं । एमालेसहित आठ दलले गण्डकी प्रदेशका दुई जिल्लामा पुनः मतदान गर्न माग गरेका छन् । गोरखा र स्याङ्जका विभिन्न मतदान केन्द्रमा धाँधली भएको भन्दै उनीहरूले पुनः मतदानकाे माग गरेका हुन् ।
गोरखा निर्वाचन क्षेत्र नम्बर १ र २ का विभिन्न केन्द्रमा मृतक तथा तत्काल अनुपस्थित रहेकाहरूको नामबाट समेत मतदान गरेकाेले पुनः निर्वाचन गर्नुपर्ने उनीहरूको माग छ । पुनः निर्वाचन गर्नुपर्ने मागसहित सोमबार एमालेका तर्फबाट गोरखा क्षेत्र नम्बर १ र २ उम्मेदवार, स्वतन्त्र उम्मेदवार, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल परिवार दल, राष्ट्रिय प्रजातन्त्र पार्टी, हाम्रो नेपाली पार्टी, राप्रपा नेपालले संयुक्त विज्ञप्ति समेत जारी गरेका छन् ।
यस्तै, स्याङ्जाको क्षेत्र नम्बर २ मा पनि एमालेले पुनः मतदान गर्नुपर्ने माग गरेको छ । एमाले सचिव एवं स्याङ्जा २ की उम्मेदवार पद्मा अर्यालले निर्वाचनमा सत्तागठबन्धनले धाँधली गरेको भन्दै पुनः निर्वाचनको माग गरेकी हुन् । अर्यालले सोमबार पत्रकार सम्मेलनमार्फत कांग्रेसले बूथ कब्जा गरेको बताइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ मंसिर २०७९, १५ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गण्डकी र लुम्बिनी प्रदेश जोड्ने पुल निर्माण अन्तिम चरणमा
गण्डकीका भौतिक मन्त्री केसीद्वारा सय दिनको उपलब्धि सार्वजनिक
साझा सङ्कल्प र नीतिगत प्रतिबद्धता सार्वजनिक
गण्डकीमा एमालेबाट नियुक्त ४ जना मन्त्रीले लिए शपथ
गण्डकीमा एमालेले टुंग्यायो ४ मन्त्रीको नाम
एमालेबाट गण्डकीमा चार मन्त्री बन्दै