काठमाडौं । काठमाडौं क्षेत्र २ प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा राप्रपाकी केन्द्रीय सदस्य कुन्ती पोख्रेलले आफ्नो चुनाव प्रचार अभियानलाई निरन्तरता दिनेक्रममा आज ढाँछीमा महिलाहरुसँग भेटघाट गरेकी छिन् ।
उनले चुनाव प्रचारप्रसारका क्रममा महिलाहरुसँग समक्ष आफ्ना कार्ययोजना पनि प्रस्तुत गरेकी छिन् । ढाँछीका मतदातासँग आफूले चुनाव जितेमा यस क्षेत्रमा विकास निर्माण र जनताका समस्या समाधानका लागि रातदिन लागिपर्ने बताएकी छिन् ।
उनले यस क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको विशेष अस्पताल निर्माणको लागि पहल गर्ने बताएकी छिन् । उनले शंखरापुरमा थुप्रै खाली ठाउँ भएको र अस्पतालको लागि उपयुक्त वातावरण भएकाले सुविधासम्पन्न विशेष अस्पताल बनाउनको लागि संसदमा आवाज उठाउने बताएकी हुन् ।
उनले भनिन्, ‘शंखरापुरमा धेरै खाली ठाउँ भएको र स्वच्छ, हराभरा वातावरण भन्दै यस क्षेत्रमा अन्तर्राष्ट्रियस्तर उपचार हुने अस्पताल बनाउँदा काठमाडौंको अस्तव्यस्त जीवनशैली र ट्राफिक जाम घट्न सक्छ ।
पोख्रेलले मतदासँगको भेटघाट कार्यक्रममा शंखरापुरमा अस्तर्राष्ट्रिस्तरको विशेष अस्पताल बनाउँदा यस क्षेत्रका युवाहरुले रोजगारी पाउनुका साथै सर्वसाधारणको आर्थिक उन्नति हुने औल्याइन् । उनले यस क्षेत्रका महिला दिदीबहिनीहरु पाठेघरलगायत विभिन्न रोगबाट पीडित हुने र समयमा उपचार गर्न नपाएको भन्दै त्यसको लागि यस क्षेत्रमा महिला विशेषज्ञ अस्पतालको आँचो रहेको औल्याइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ मंसिर २०७९, १० : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तीस करोड लागतमा अस्पताल भवन निर्माण
बजेट अभावले बैजपुरको अस्पताल सञ्चालनमा ढिलाइ
सिरहाको लहानमा सुविधासम्पन्न अस्पताल बनाइने
मुख्यमन्त्री सिंहद्वारा १० अस्पताल बन्द गर्न निर्देशन
शिक्षामन्त्री भट्टराई अस्पताल भर्ना
अर्थमन्त्री पौडेल र मेयर आचार्यको उपचार कीर्तिपुरस्थित बर्न अस्पतालमा हुने