आदिवासी जनजाति चलचित्र महोत्सव हुने

सफल खबर संवाददाता

आइतबार, १० असार २०७५, १७ : ४२
आदिवासी जनजाति चलचित्र महोत्सव हुने

काठमाडौं  । आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा ‘आदिवासी जनजाति चलचित्र महोत्सव’ हुने भएको छ ।

महासंघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दे असार १५, १६ र १७ गते दोश्रो आदिवासी जनजाति चलचित्र महोत्सव–२०७५’ आयोजना गर्न लागेको जनाएको हो । आदिवासी चलचित्रले राष्ट्रको मौलिक पहिचान बचाइराख्ने आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृतबहादुर सुनुवारले बताउनुभयो । उहाँले यस्ता चलचित्रले नेपालको सांस्कृतिक र प्राकृतिक क्षेत्रको पर्यटन विकास गर्दै मुलुकको अर्थतन्त्रमा ठुलो टेवा पु¥याउने बिश्वासका साथ तीन दिवसीय महोत्सब गर्न लागेको जानकारी दिनुभयो । अध्यक्ष सुनुवारका अनुसार महोत्सवमा आदिवासी जानजातिबारे निर्माण भएका चलचित्र, वृत्तचित्र र छोटा चलचित्र प्रदर्शन गरिनेछ ।
महोत्सवमा जातीय संस्थाबाट छनोट भई सहभागिता जनाउने सबै चलचित्रलाई प्रोत्साहनस्वरुप प्रतिचलचित्र  ५ हजार रुपैयाका दरले नगद प्रदान गरिने जनाइएको छ । पब्लिक च्वाइस् अवार्ड पाउनेलाई  २५ हजार रुपैया नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस