प्रतिनिधिसभा बैठक : जलविद्युत आयोजनाका लागि आवश्यक बजेटको व्यवस्था गर्नु पर्नेमा जोड

सफल खबर संवाददाता

आइतबार, १० असार २०७५, १७ : ३५
प्रतिनिधिसभा बैठक : जलविद्युत आयोजनाका लागि आवश्यक बजेटको व्यवस्था गर्नु पर्नेमा जोड

काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले जलविद्युत आयोजनाका लागि आवश्यक बजेटको तत्काल व्यवस्था गर्न सरकारस“ग माग गरेका छन ।
प्रमुख प्रतिपक्ष कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले नेपाल विद्युत प्राधिकरणले काममा ढिलासुस्ती गरेको भन्दै खारेज गर्न समेत माग गर्नुभयो । आइतबार प्रतिनिधिसभाको बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयको  विनियोजन बजेटमाथिको छलफलमा भाग लिंदै उहाँले सबै स्थानीय तहमा प्रहरी चौकीको व्यवस्था हुने गरी बजेट विनियोजन नगरिएको भन्दै आपत्ति जनाउनु भयो ।

सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा) का सांसद राधा ज्ञवालीले जलविद्युत आयोजना निर्माणका लागि आवश्यक बजेटको व्यवस्था गर्न सरकारसँग माग गर्नु भयो । उहाँले बुढिगण्डकी जलविद्युत आयोजनालगायतका आयोजनाको जग्गाको मुआब्जाका लागि बजेटको व्यवस्था नगरिएको भन्दै ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराउनु भयो ।
सांसद सत्यनारायण शर्मा खनालले साना जलविद्युत अयोजना निर्माणमा जोड दिन सरकारसँग माग गर्नुभयो । बैठकमा सांसदहरुले सरकारले मुलुकको समृद्धिका लागि आवश्यक बजेटको व्यवस्था गर्न नसकेको भन्दै असन्तुष्टि पनि व्यक्त गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस