दुई महिनाको समय संघिय कानुन निर्माण : सभामुख महरा

सफल खबर संवाददाता

आइतबार, १० असार २०७५, १६ : ४३
दुई महिनाको समय संघिय कानुन निर्माण : सभामुख महरा

चितवन । सभामुख कृष्णबहादुर महराले अबको २ महिना संघिय कानुन निर्माणमा लाग्नुपर्ने बताउनु भएको छ ।
भरतपुर महानगरपालिकाको दोस्रो नगरसभाको उद्घाटन समारोहमा बोल्दै उहाँले असोजको २ गतेभित्र  बनाई सक्नुपर्ने कानुनी बाध्यता रहेको जानकारी दिनुभयो ।
उहाँले कतिपय कानुनहरु नबनेकाले स्थानिय तहमा केहि जटिलता देखिएको बताउनुभयो । कानुन बनिसकेपछि स्थानिय तहले कति अधिकारहरु प्रयोग गर्न सक्ने ,कति लागु गर्न सक्ने भन्ने निचोड हुने उहाँको भनाई छ । संविधानले निर्दैशित कानुनहरु अझै पनि बनिसकेको छैन, उहाँले भन्नुभयो , “केन्द्रमा छिटो भन्दा छिटो कानुन बनाउने छौ । त्यो अनुसारको केन्द्र ,प्रदेश र स्थानिय तहमा बनाई संघियताको ठोस कार्यन्वायन हुनेछ ।”

कानुन पुर्ण भएसगैँ सिंहदबारको अधिकार गाँउ गाउँमा आएको महशुस हुनेछ । सभामुख महाराले नीति तथा कार्यक्रमहरु तत्काल कार्यन्वयन नभएपनि केहि बर्ष भित्र हुनेमा आशावादी रहेको बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस