एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले सोमबार गुजरानवालाको एक राजनीतिक (यालीमा आफूमाथि आक्रमण भएपछि आफ्नो दाहिने खुट्टाबाट तीनवटा गोली निकालिएको दाबी गरेका छन् ।
पाकिस्तान तेहरिक–ए–इन्साफ प्रमुखले सीएनएनसँगको एक विशेष अन्तर्वार्तामा भने, ‘उनीहरूले मेरो दाहिने खुट्टाबाट तीनवटा गोली निकाले । बायाँ खुट्टामा केही छर्राहरू थिए जुन उनीहरूले भित्र छोडेका थिए । ’
आफूविरुद्धको हत्याको सम्पूर्ण षड्यन्त्र दुई महिनाअघि गरिएको उनले दाबी गरे । आफूले गुप्तचर निकायबाट सूचना प्राप्त गरेको उनले बताए । ‘सम्झनुहोस् म साढे तीन वर्ष सत्तामा थिएँ । मेरो गुप्तचर एजेन्सी र विभिन्न एजेन्सीहरू सञ्चालन गर्नेहरूसँग सम्पर्क छ’, उनले भने ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, २२ कार्तिक २०७९, १० : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई ४ वर्ष जेल सजाय
पाकिस्तानमा निरंकुशतन्त्र स्थापित भयो : इमरान खान
पाकिस्तानमा इमरान खानकी पत्नीसहित ३ सय जनाविरुद्ध मुद्दा दर्ता
इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा प्रदर्शन, १४ प्रहरी घाइते