काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से सूचकमा दोहोरो अंकको गिरावट आएको छ । अघिल्ला तीन दिन लगातार बढेर १९३६ विन्दुमा उक्लिएको नेप्से सूचकमा बिहीबार १६ अंकको गिरावट आएको हो ।
उसो त नेप्से सूचक दोहोरो अंकले घटेको यसदिन कारोबार रकम समेत ९० करोड तल झर्न पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यसदिन ८९ करोड ८९ लाख ७ हजार रुपैयाँ बराबरको २७ लाख ६७ हजार ५३९ कित्ता सेयर कारोबार भएको छ ।
आज जीवन बीमा समूह र निर्जीवन बीमा समूहको उपसूचक बाहेक अन्य सबै उपसूचकहरु ऋणात्मक भएका छन् । सबैभन्दा बढी आज हाइड्रोपावर समूहको उपसूचक १.३७ प्रतिशतले घटेको छ भने फाइनान्स समूहको उपसूचक १.२१ प्रतिशतले र डेभलपमेन्ट बैंक समूहको उपसूचक १.१९ प्रतिशतले घटेको छ । अन्य समूहको उपसूचक १.२२ प्रतिशतले घटेको छ ।
आज युनिलिभर नेपाल लिमिटेडका सेयर धनीहरुले ६.५६ प्रतिशतले कमाएका छन् भने विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरुले ४.९४ प्रतिशतले गुमाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ कार्तिक २०७९, १५ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक दोहोरो अंकले बढ्यो
नेप्सेको कारोबार प्रणाली तीन दिन बन्द गरिने