काठमाडौँ । ‘नेपाल–चीन बौद्ध संस्कृति र कला’ विषयक अन्तराष्ट्रिय सेमिनारको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी पुगेका छन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रधानमन्त्री ओलीलाई आज यहाँ स्वागत गरे । नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध विस्तारका लागि चौथो महोत्सव लुम्बिनीमा आयोजना गरिएको छ ।
महोत्सवअन्तर्गत अन्तर्राष्ट्रिय सेमिनारको आयोजक लुम्बिनी बौद्ध विश्वविद्यालय रहेको छ भने महोत्सवको समन्वय सारीपुत्र फाउन्डेसनले गरेको छ । नेपाल र चीनबीचको कला र संस्कृति प्रवर्द्धनको उद्देश्यसहित महोत्सव हुन लागेको हो । चीनको वल्र्ड एलायन्स फर बुद्धिष्ट कल्चरल एक्सचेन्ज लिमिटेड र वीचो पिस क्यालिग्राफी एण्ड पेन्टिङ एकेडेमीले सहकार्य गरेका छन् ।
संस्कृति तथा पर्यटन मन्त्रालय र लुम्बिनी विकास कोषले पनि सहकार्य गरेका छन् । महोत्सवमा ४० देशका प्रतिनिधिहरू सहभागी हुने जनाइएको छ । महोत्सवमा पाँच हजारभन्दा बढीको सहभागिता रहने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ बैशाख २०८२, ११ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओली सहभागी कार्यक्रम लुम्बिनीका मन्त्री र सांसदले गरे बहिष्कार
भूकम्प स्मृति दिवसको कार्यक्रममा प्रधानमन्त्री ओलीको मन्तव्य (पूर्णपाठ)
आलोचना सत्य र तथ्यमा आधारित हुनुपर्छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओलीले भोलि संसदमा सम्बोधन गर्ने
प्रधानमन्त्री ओली र मोदीबीच टेलिफोन संवाद
शिक्षकका मागमा सरकार नेगेटिभ छैन, वार्तामा आउनुस्’ : प्रधानमन्त्री ओली