काठमाडौँ । चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा रेमिट्यान्स आप्रवाह १९.८ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको यही अवधिमा एक खर्ब ५६ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएकोमा यसपटक एक खर्ब ८७ अर्ब रूपैयाँ भित्रिएको हो ।
राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउन र भदौ महिनामा १ खर्ब ८७ अर्ब ४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत वर्षको सोही अवधिमा नेपालको रेमिट्यान्स आप्रवाह ५.८ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ११.३ प्रतिशतले वृद्धि भई १ अर्ब ४७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.३ प्रतिशतले घटेको थियो ।
राष्ट्र बैंकका अनुसार भदौ महिनामा मात्रै नेपालमा ९४ अर्ब ८३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । सो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या १६९ प्रतिशतले वृद्धि भएको छ । दुई महिनाको अवधिमै १ लाख ३ हजार ९ जनाले श्रम स्वीकृति लिएका छन् ।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ७०.६ प्रतिशतले वृद्धि भई ३९ हजार १८९ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४२९.५ प्रतिशतले बढेको थियो ।
त्यस्तै, दुई महिनाको अवधिमा खुद ट्रान्सफर १९.५ प्रतिशतले वृद्धि भई २ खर्ब ६ अर्ब ४६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ६.० प्रतिशतले घटेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ कार्तिक २०७९, १३ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाँच महिनामा ६ खर्ब ४० अर्ब रेमिट्यान्स भित्रियो
असोजमा भित्रियो हालसम्मकै उच्च १ खर्ब ४४ अर्ब रेमिट्यान्स
एक वर्षको आर्थिक तथा वित्तीय स्थितिसहितको प्रतिवेदन सार्वजनिक, साढे १४ खर्ब रेमिट्यान्स भित्रियो (पूर्णपाठसहित)
सिटी एक्सप्रेस मनी ट्रान्सफर र यूएईको अलजजिराबीच रेमिट्यान्स सम्झौता
रेमिट्यान्स पठाउँदा लाग्ने शुल्क घटाउन अर्थमन्त्रीसँग माग
७ महिनामा भित्रियो साढे ८ खर्ब रेमिट्यान्स