बझाङ । बझाङको मष्टा गाउँपालिका–१ तुफान डाँडामा जीप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ । आज दिउँसो सदरमुकाम चैनपुरबाट मष्टा–२ खेतकोट जाँदै गरेको सुपप्र ०१–००१च ११७ नम्बरको जीप दुर्घटना भएको हो ।
जीप सडकबाट दुई सय मिटर तल खसेर भीरमा अड्किएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशदत्त अवस्थीले बताए। उनका अनुसार जीपमा कति जना सवार थिए भन्ने खुलेको छैन । अहिलेसम्म छ जनाको शव फेला परेको र कति जना घाईते भएका छन् भन्ने यकिन नभएको सूचना अधिकारी अवस्थीले जानकारी दिए।
मृतकको सनाखत हुन बाँकी छ । घाइतेहरूको नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीयहरूले उद्धार गरेर जिल्ला अस्पताल सिमखेतमा ल्याउँदै छन् । सदरमुकाम चैनपुरमा लाग्ने सिलदेवी मेला हेरेर फर्कँदै गरेका यात्रुहरू दुर्घटनामा परेको मष्टा गाँउपालिका वडा नं १ का वडाध्यक्ष रामचन्द्र रोकायाले जानकारी दिए। भीरमा दुर्घटना भएकाले उद्धारमा कठिनाई भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
ज्यान गुमाउने चारको पहिचान खुल्यो
जीप दुर्घटनामा ज्यान गुमाउने चार जनाको पहिचान खुलेको छ । दुर्घटनामा मष्टा गाउँपालिका–२ खेतकोटकी १३ वर्षीया सम्झना खड्का, सोही ठाउँका २५ वर्षीय रोशन खड्का, ११ वर्षीय प्रचण्ड खड्का र २८ वर्षीया वसन्ती धामीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ कार्तिक २०७९, १७ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुल्मीमा जिप दुर्घटना, १२ जना घाइते
जिप दुर्घटनामा १० जना घाइते
रुकुमपूर्वमा जिप दुर्घटना, ४ जना घाइते
घान्द्रुक जाँदै गरेको जिप दुर्घटना, ५ जना घाइते
कालिकोटमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु
लमजुङमा जिप दुर्घटना हुँदा २२ जना घाइते