एजेन्सी । आफ्ना ट्विटका कारण बारम्बार चर्चामा रहने टेस्लाका मालिक एलोन मस्क फेरि एकपटक चर्चामा छन् । तर यसपटक न त टेस्ला, न स्पेस एक्स र न ट्विटर नै यसको कारण बनेको छ ।
मस्क यसपटक आफ्नो परफ्युमका कारण चर्चामा छन् । उनले अब अत्तरको व्यवसायमा प्रवेश गरेका छन् र आफ्नो ट्विटर प्रोफाइलमा आफूलाई ‘परफ्युम सेल्सम्यान’ बनाएका छन् । मस्कले ‘बर्न लाइट’ नामक परफ्युम लन्च गरेका छन् र उनले आफ्नो ट्विटर अकाउन्टमा यो जानकारी दिएका छन् ।
मस्कले यो परफ्युम ओम्निजेन्डर अर्थात् पुरुष र महिला दुवैले प्रयोग गर्न सक्ने बताए । रोयटर्सका अनुसार ‘बर्न हेयर’ अत्तरका १० हजार शीशी केही घण्टामै बिक्री भएको थियो, जसको मूल्य १० लाख डलर ९लगभग ८२.२२ करोड रुपैयाँ० थियो।
यो अत्तरको प्रति बोतलको मूल्य १०० डलर (लगभग ८ हजार रुपैयाँ) रहेको छ र यो वर्ष २०२३ को पहिलो त्रैमासिकदेखि सर्वसाधारणले पाउन थाल्नेछ । यसअघि एलोन मस्कले आफ्नो ब्राण्डको टकीला ‘टेस्ला टकीला’ लन्च गरिसकेका छन्।उनको सामाजिक सञ्जाल ट्विटर किन्ने कुरा पनि चलेको छ। यद्यपि, यस सम्झौताको बारेमा निश्चित रूपमा केही खुलाइएको छैन।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ असोज २०७९, ०९ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एलन मस्कले आफ्नै कम्पनी एक्सएआईलाई ३३ अर्ब डलरमा बेचे एक्स
एक्सले काम नगरेपछि यसो भन्छन् मस्क
म ट्रम्पको प्राविधिक सहयोगी मात्रै हुँ : मस्क
मैले जर्बजस्ती सरकार कब्जा गरेको छैन : मस्क
यूएसएडविरुद्ध खनिए एलन मस्क- आपराधिक संस्था भन्दै मर्ने समय आएको दाबी
एक्समा एलन मस्कले फेरे आफ्नो नाम