एजेन्सी । रुसले गरेको पछिल्लो हमलमा ७ जनाको मृत्युु हुनुका साथै ८ जना घाइते भएका छन् ।
पूर्वी युक्रेनको एभडिभ्का सहरको अग्रमोर्चानजिक उक्त हमला भएको क्षेत्रीय गभर्नरले जनाएका छन् । ‘ अवडिभकामा भएको गोलाबारीको परिणामस्वरूप कम्तीमा सात जनाको मृत्यु भएको छ र आठ जना घाइते भएका छन् । रुसीहरूले केन्द्रीय बजारमा आक्रमण गरे, जहाँ धेरै मानिसहरू त्यस समयमा थिए’ दोनेत्स्क क्षेत्रीय गभर्नर पाभ्लो किरिलेन्कोले भने ।
युक्रेनले रुस र क्रिमियालाई जोड्ने पुलमा शक्तिशाली विस्फोट गराएपछि किभविरुद्ध मस्को आक्रमक भएको छ । यसअघि रुसले राजधानी किभलगायत युक्रेनका विभिन्न सहरमा हमला गर्दा १० जनाको मृत्यु हुनुुका विकासका पूर्वाधारहरूमा ठूलो क्षति भएको थियो
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २७ असोज २०७९, ०९ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अजरबैजानको विमान दुर्घटनामा रुसले माफी माग्यो
बिद्रोहीले कब्जा गरेको इलाकामा सिरिया र रूसको संयुक्त हवाइ हमला
रुस र युक्रेनद्वारा एकअर्काविरुद्ध अहिलेसम्मकै घातक ड्रोन आक्रमण
राष्ट्रसङ्घको महासभामा चिनियाँ र रुसी विदेशमन्त्रीबीच भेटवार्ता, रुस–युक्रेन युद्धबारे छलफल
रुसको ठूलो क्षेत्र कब्जामा लिएको युक्रेनको दाबी
रुसी सेनामा रहेका भारतीयलाई स्वदेश फर्काउन पुटिन सहमत