काठमाडौं। बेइजिङ- चीन र रुसका विदेशमन्त्रीहरूले संयुक्त राष्ट्रसङ्घीय महासभामा युक्रेन युद्धबारे छलफल गरेका छन् । पछिल्लो समयमा चीन र रुसले सम्बन्ध बलियो भएको छ भने सन् २०२२ मस्कोले युक्रेनमा आक्रमण गरेपछि द्विपक्षीय व्यापारले बढावा पाएको छ ।
पश्चिमी मुलुकहरूले रुसको आक्रामक युद्धको समयमा बेइजिङले राजनीतिक आवरण र आर्थिक समर्थन प्रदान गरेको आरोप लगाएका छन् । आरोपलाई चीनले अस्वीकार गर्दै द्वन्द्वमा तटस्थता कायम राखेको जनाएको छ ।
चिनियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभीले बिहीवार विदेशमन्त्री वाङ्ग यीले संयुक्त राष्ट्रसङ्घीय महासभामा आफ्ना रुसी समकक्षी सर्गेई लाभरोभलाई भेटवार्ता गरेको जनाएको छ ।
छलफलमा दुवै पक्षले युक्रेन सङ्कटलगायत बिषयमा विचार आदानप्रदान गरेको सीसीटीभीले उल्लेख गरेको छ ।विदेशमन्त्री वाङले द्विपक्षीय सम्बन्ध उतार–चढावबाट गुज्रिएको उल्लेख गर्दै स्थायी असल छिमेकीको रुपमा चीन–रुस सम्बन्धलाई अगाडि बढाउने उल्लेख गरेका छन् ।
चीन र रुसले ‘नो–लिमिट्स’ साझेदारीअनुरुप विश्वव्यापी मामिलामा अमेरिकी नेतृत्वको पश्चिमी प्रभुत्वको विरोध गर्दै आएका छन् । बेइजिङ र मस्कोले यस वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको सातौँँ वार्षिकोत्सव मनाउँदैछन् ।
चिनियाँ राष्ट्रपति सी जिङपिङले आगामी महिना रुसमा हुने उदीयमान अर्थतन्त्रहरूको ब्रिक्स शिखर सम्मेलनमा पनि भाग लिने कार्यक्रम तय भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० असोज २०८१, १५ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चीनमा भूकम्प अपडेट : कम्तीमा ५३ जनाको मृत्यु, ६२ जना घाइते
चीनको तरकारी बजारमा आगलागी, ८ जनाको मृत्यु
चीनमा एचएमपीभी भाइरसको सङक्रमण फैलियो
नेपाल र चीनका विश्वविद्यालयबीच सहकार्य सम्झौता
तिब्बतमा विश्वको सबैभन्दा ठुलो बाँध बनाउँदै चीन
कृत्रिम टापुमा संसारको सबैभन्दा ठूलो एयरपोर्ट बनाउँदै चीन