काठमाडौं। युक्रेनले रुससँगको युद्धमा ठूलो सफलता हासिल गरेको दाबी गरेको छ । युक्रेनी सेनाले रुसको एक हजार वर्ग किलोमिटर क्षेत्र आफ्नो कब्जामा लिएको दाबी गरेको छ ।
रुसको कुर्स्क क्षेत्रमा कब्जा गरेको सेनाले जनाएको छ । यो क्षेत्र राजधानी मस्कोबाट करिब ५०० किलोमिटर टाढा छ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पनि यसको पुष्टि गरेका छन् । यस आक्रमणमा करिब १२ रुसी नागरिकको मृत्यु भएको जनाइएको छ ।
समाचार एजेन्सी रोयटर्सको रिपोर्ट अनुसार रुसी भूमिमा आक्रमण अझै जारी छ।सुरक्षालाई ध्यानमा राख्दै पश्चिमी रुसी क्षेत्रबाट ठूलो संख्यामा मानिसलाई विस्थापित गरिएको छ । अहिले थप ५९ हजार मानिसलाई क्षेत्र छाड्न भनिएको बीबीसीले जनाएको छ ।
स्थानीय गभर्नरले उक्त क्षेत्रमा करिब २८ गाउँ रहेको बताए, जहाँ युक्रेनी सेना पुगेको छ । यता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी सेनाको घुसपैठलाई ठूलो उत्तेजनाको रूपमा वर्णन गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ साउन २०८१, १२ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युक्रेनमा रुसी ड्रोन आक्रमण, चार जनाको मृत्यु
रुसी पत्रकारसहित ६ जनाको मृत्यु
रुस र युक्रेनबीच लगातार आक्रमण र प्रत्याक्रमण हुन थालेपछि शान्ति वार्ता सफल हुनेमा आशंका
युक्रेनले तेल भण्डारणमा आक्रमण गरेको रुसको आरोप
युक्रेनलाई फेरि दिन थाल्यो अमेरिकाले हतियार
युक्रेन र अमेरिकाबीच समझदारी: ३० दिने अस्थायी युद्ध विरामको सहमति