निजी क्षेत्रसँग सहकार्य गरी लगानी भित्र्याऔँ : चन्द्रप्रसाद ढकाल

सफल खबर संवाददाता

मंगलबार, २५ असोज २०७९, १९ : ५५
निजी क्षेत्रसँग सहकार्य गरी लगानी भित्र्याऔँ : चन्द्रप्रसाद ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योग व्यवसाय गर्नका लागि विदेशमा भन्दा नेपालमा प्रचुर सम्भावना रहेको बताएका छन् । मंगलवार गैर आवासीय नेपाली संघको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले यस्तो बताएका हुन् ।

उनले नेपालमा लगानीको वातावरण प्रशस्त रहेको भन्दै विदेशमा आर्जन गरेको ज्ञान, सीप र पुँजीलाई नेपालमा भित्र्याउन गैर आवासीय नेपालीहरुलाई आग्रह गरे । वरिष्ठ उपाध्यक्ष ढकालले नेपालमा अन्य देशको भन्दा लगानीको प्रतिफल समेत राम्रो रहेको बताए । उनले नेपालमा गैर आवासीय नेपालीहरुले लगानी गर्नको लागि पुराना र जटिल कानूनहरु परिवर्तन भएको र बाँकी कानूनहरु परिर्वतन गर्ने प्रक्रियामा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस