काडमाडौँ । प्रधानमन्त्री र गृहमन्त्री पत्नीको नाम नेपाली कांग्रेसले प्रतिनिधिसभा समानुपातिकतर्फको सूचीबाट पछि सारेको छ। नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा र गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँणको नाम समानुपातिकको सूचीबाट पछि सारेको कांग्रेसका एक पदाधिकारीले जानकारी दिए।
यसअघि कांग्रेसले आयोगमा पेश गरेको बन्दसूचीमा आरजुको नाम आठौँ र मञ्जुको नाम नवौँ नम्बरमा थियो। समानुपातिकको सूचीलाई अन्तिम रुप दिन बसेको कांग्रेस नेताहरुको बैठकले आरजु र मञ्जुको नाम पहिलेको स्थानभन्दा पछि सारेको संस्थापन पक्षका एक नेताले दाबी गरेका छन्।
निर्वाचन आयोगमा बुझाइएको समानुपातिकको बन्दसूची सच्याउने आज आइतबार अन्तिम दिन हो । सूचीमा रहेका कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन वा सच्याउन चाहेमा असोज १७ गतेको मिति तोकेको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ असोज २०७९, १२ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतसँग एयर रुट मिलाउन टेक्निकल टिमको मिटिङ गर्ने सहमति भएको छ : आरजु राणा
परराष्ट्रमन्त्री आरजु राणा आज स्वदेश फर्किँदै
पोषणको क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्नुपर्छ : आरजु राणा
आरजुले गराइन् थाइराइडको शल्यक्रिया
डा. आरजु राणाद्वारा बाँदर व्यवस्थापनको तालिम लिन भारत हिँडेका प्राविधिकको बिदाइ