काठमाडौं । भारतको पाँच दिने भ्रमण पूरा गरी परराष्ट्रमन्त्री आरजु राणा देउवा बिहीबार स्वदेश फर्किँदै छिन् । उनी अपराह्न ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने कार्यक्रम छ ।
उनले विमानस्थलमा भारत भ्रमणका उपलब्धीबारे पत्रकार सम्मेलन गरेर जानकारी दिने बताइएको छ । भारतीय समकक्षी एस जयशंकरको निम्तोमा उनी आइतबार भारत गएकी हुन् । भ्रमणका क्रममा उनले प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री जयशंकर र भाजपा विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेलगायतसँग भेटवार्ता गरेकी थिइन् ।
परराष्ट्रमन्त्री राणालाई भारतले उच्च महत्व दिएकाले दुई देशविचको सम्बन्ध सुधारमा भ्रमणले सहयोग गर्ने अपेक्षा गरिएको छ । भ्रमणका क्रममा नेपाल भारत सम्बन्ध, बहुआयामिक विविधता र द्विपक्षीय हितका विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ भदौ २०८१, ११ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
परराष्ट्रमन्त्री आरजु भारत हुँदा मल्दोभाका विदेशमन्त्री नेपालमा
भारतबाट १२ दिनपछि आज फर्किंदै परराष्ट्रमन्त्री आरजु राणा
परराष्ट्रमन्त्री विदेश घुमेको घुम्यै, मन्त्री भएको २४१ दिनमा झण्डै ६० दिन देशबाहिरै
महिलाविरुद्धका अवरोध तोड्न आवश्यक : परराष्ट्रमन्त्री राणा
जेनेभा प्रस्थान गर्दै परराष्ट्रमन्त्री राणा
परराष्ट्रमन्त्री डा राणा ओमन प्रस्थान