एजेन्सी । साउदी अरेबियाको राजनीतिमा शक्तिशाली पकड रहेका युवराज मोहम्मद बिन सलमानलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको छ । प्रधानमन्त्रीको पद परम्परागत रूपमा राजाको हो । तर, राजाले युवराज बिन सलमानलाई मंगलबार नियुक्त गरेका हुन् । सञ्चार माध्यममा एमबीएसका रुपमा परिचित युवराजले यसअघि राजा सलमानको नेतृत्वमा उपप्रधानमन्त्री र रक्षामन्त्रीको रुपमा काम गरिसकेका छन् ।
उनको स्थानमा उनका कान्छा भाइ खालिद बिन सलमान रक्षा मन्त्री बनेका छन् । यसअघि उनी उपरक्षा मन्त्री थिए । आधिकारिक साउदी प्रेस एजेन्सीद्वारा प्रकाशित राजा सलमानको शाही आदेशअनुसार, गृह, विदेश र ऊर्जा सहित अन्य महत्वपूर्ण मन्त्रालयका जिम्मवारी सम्हालेका सलमान गत महिना ३७ वर्ष पुगे । सन् २०१७ देखि उनी राजाको रूपमा आफ्नो बुबाको उत्तराधिकारी हुने पहिलो लाइनमा छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ असोज २०७९, १३ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
साउदीमा घरेलु महिला श्रमिकले रोजगारदाता फेर्न पाउने
साउदीको अराम्कोद्वारा एसपीओ घोषणा
नेपाललाई साउदीले दियो ७४ रनको लक्ष्य
साउदीसँग एक महिनाभित्रै श्रम सम्झौता गर्न प्रस्ताव