इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गरेका छन्।
बीबीसीका अनुसार सोमबार ह्वाइट हाउसमा दुई नेताबीच भएको भेटमा इरान, भन्सार शुल्क (ट्यारिफ) र हमासद्वारा बन्धक बनाएका इजरायली नागरिकका विषयमा छलफल भएको छ।
यसैबीच जब राष्ट्रपति ट्रम्पलाई सोधियो कि त्यहाँ ट्यारिफ लगाउन कुनै रोक छ ।
जवाफमा उनले भने, ‘हामी यस्तो सोचिरहेका छैनौँ। हामीसँग व्यापार सम्झौता गर्न धेरै देश आउँदै छन्, तर यी सम्झौता निष्पक्ष हुनेछन्।’
यस विषयमा प्रधानमन्त्री नेतन्याहुले भने, ‘हामी अमेरिकासँगको व्यापार घाटा हटाउनेछौँ। हामी छिट्टै यो गर्न चाहन्छौँ। हामीलाई लाग्छ- यो सही कदम हो र हामी व्यापारका अवरोध पनि हटाउनेछौँ।’
इजरायलका प्रधानमन्त्री नेतन्याहु अमेरिकाले विश्वका विभिन्न देशलाई भन्सार शुल्क तोकेपछि राष्ट्रपति ट्रम्प भेट्ने पहिलो अन्तर्राष्ट्रिय नेता हुन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, २६ चैत्र २०८१, ०९ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रम्पको योजना अस्वीकार गरेपछि बन्द भयो हार्वर्ड विश्वविद्यालयको दुई अर्ब फन्ड
अमेरिकी राष्ट्रपति ट्रम्पले १०४ प्रतिशत पुर्याए कर
राष्ट्रपति ट्रम्पविरुद्ध अमेरिकामा प्रदर्शन
व्यापारिक साझेदारविरुद्ध ५० प्रतिशतसम्म कर लगाउने ट्रम्पको घोषणा
समयसीमा सकिनुअघि टिकटक सम्झौता हुनेमा विश्वस्त छु: ट्रम्प
इरानद्वारा ट्रम्पसँग प्रत्यक्ष वार्ता अस्वीकार, अप्रत्यक्ष वार्ताका लागि तयार