कैलालीबाट एक किशोरीसहित ४ जना पक्राउ

सफल खबर संवाददाता

मंगलबार, २६ चैत्र २०८१, ०९ : ४९
कैलालीबाट एक किशोरीसहित ४ जना पक्राउ

काठमाडौँ । कैलाली प्रहरीले एक महिलासहित ४ जनालाई पक्राउ गरेको छ ।

उनीहरुको साथबाट लागु औषध खैरो हिरोइन फेला परेसँगै धनगढी उपमहानगरपालिका वडा नम्बर ३ चटकपुरस्थित एनएस होटलबाट प्रहरीले पक्राउ गरेको हो । 

 लागु औषध कारोबार भइहेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीको अपराध अनुसन्धान समुह र अस्थायी प्रहरी पोष्ट चटकपुरबाट खटिएको  संयुक्त प्रहरी टोलीले उनीहरुको साथबाट ३ ग्राम ७६० मिलिग्राम खैरो हेरोईन बरामद गरेको प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । 

उनका अनुसार पक्राउ पर्नेमा कञ्चनपुरको बेदकोट नगरपालिका वडा नम्बर ८ बस्ने बर्ष २०  का सुरेश बिष्ट, भिमदत्त नगरपालिका वडा नम्बर १० बस्ने बर्ष २३ का लोकेन्द्र चन्द, डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ८ बस्ने बर्ष १९ का रिजन कठायत र 

कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मिलन चोक बस्ने बर्ष १८ की आशिका सिजापती रहेका छन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस