काठमाडौँ । राष्ट्रिय जनमोर्चाले सप्ताहब्यापी राजधानी केन्द्रित आन्दोलनको कार्यक्रम छोट्याएको छ ।
काठमाडौँमा बढ्दो प्रदुषणका कारण आन्दोलन छोट्याएर ५ दिन कायम गरिएको महासचिव मनोज भट्टले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उनकाअनुसार आन्दोलनको तेस्रो दिन आज विभिन्न स्थानबाट आन्दोलनकारीहरू दिउसो १२ बजे ललितपुरको लगनखेलमा भेला भई त्यहाँबाट जुलुससहित दिउँसो २ बजे माइतिघरमण्डलामा सभामा परिणत हुने छ ।
उक्त सभालाई भट्टले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । गणतन्त्रको रक्षा र संघीयताको खारेजीका लागि जनमोर्चाले यसअघि चैत्र २४ देखि ३० गतेसम्म आन्दोलन घोषणा गरेको थियो । अब भने आन्दोलनका कार्यक्रम २८ गतेसम्म मात्रै हुने भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ चैत्र २०८१, ०९ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनमोर्चाले सङ्घीयताविरुद्ध आन्दोलन गर्ने
विपद् पूर्वतयारीमा सरकारको चरम लापरवाही देखियो: जनमोर्चा